चन्द्रागिरी र झापाबाट अवैध लागूऔषधसहित पक्राउ

चैत्र २५, काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो पदार्थ ६८ ग्राम ५० मिलिग्राम सहित सिरहा मिर्चैया नगरपालिका-५ बस्ने २३ वर्षीय धिरज कुमार साहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगाबाट खटिएको प्रहरीले बा.प्र ०३-००१ ख.२७२९ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवारी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, गौरीगंज गाउँपालिका-५ भतेपुरबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३० ट्याब्लेटसहित सोही नगरपालिका-४ स्कुलचन घर भई दमक नगरपालिका-७ ओम मेची बस्ने २८ वर्षीय बिक्रम बर्देवालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरीले भारतबाट  नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त ट्याब्लेटसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्