दाङमा १४ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

चैत्र २५- दाङ, १४ बर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्ती गाउँपालिका-९ घोसखोला बस्ने ३४ वर्षीय बिष्णु बहादुर रेश्मीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बिष्णुले ती किशोरीलाई गत फागुन २६ गते पीडितकै घरमा गई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्