चैत्र २५- काठमाडौं, एक दिवसीय खेलमा आज नेपाल ए ले तेस्रो तथा अन्तिम खेल आयरल्यान्ड ए विरुद्ध खेल्दैछ ।
खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदानमा हुनेछ । सिरिज गुमाइसकेको हुँदा नेपाल क्लिनस्वीपबाट जोगिने लक्ष्यसहित मैदान उत्रने छ ।
नेपाल पहिलो खेलमा २१ रन र दोस्रोमा ११४ रनले पराजित भएको थियो ।
आयरल्यान्ड नेपालको सिनियर टोलीसँग भने दुई वटा टी–२० खेलमा पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्