कञ्चनपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

चैत्र २४- कञ्चनपुर, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-१० शिवनगर बस्ने २१ वर्षीय बिक्रम चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

 

बिक्रमले ती बालिकालाई सोही ठाउँस्थित गन्ना खेततर्फ लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा प्रहरी चौकी भुडाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्