एसईई दिइरहेका एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार

चैत्र २४- बझाङ, बझाङमा एसईई परीक्षा दिइरहेका एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ भने तीन जनालाई कुटपीट गरिएको छ।

खप्तडछान्ना गाउँपालिका–५ कालुखेतीस्थित खप्तड माविमा परीक्षा दिइरहेका पाटादेवलका १७ वर्षीय खप्पिस थापामाथि धारिलो हतियारले प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायव उपरीक्षक भरत शाहले बताए। आक्रमण गर्ने एक जना पक्राउ परेका छन् भने अन्यको खोजी कार्य भइरहेको छ।

मष्टा गाउँपालिका–६ भातेखोलास्थीत कुलमष्टजन माविको परीक्षा केन्द्रमा पनि एक परीक्षार्थी कुटिएका छन। परीक्षा दिएर बाहिर निस्किने क्रममा १७ वर्षीय मुन्न बोहरामाथि कुटपिट भएको प्रहरीले जनाएको छ। कुटपिटको कारण नखुलेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक शाहले बताए।

प्रतिक्रिया दिनुहोस्