१२ वर्षीया र २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

चैत्र २३- बर्दिया,  २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरीया नगरपालिका-६ शान्तिटोल बस्ने ५७  वर्षीय साहिल अहमद मनिहारलाई  शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

साहिलले ती महिलालाई बिहीबार राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो

 

खोटाङ, १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ नाली बस्ने ३५ वर्षीय प्रकास परियारलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

परियारले ती बालिकालाई ललाई फकाई आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी दिप्रुङ चुईचुम्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्