देशभर बाट अवैध लागूऔषधसहित १० जना पक्राउ

चैत्र २२- सुर्खेत, भेरीगंगा नगरपालिका-५ बबईस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६ सय १० मिलिग्रामसहित वीरेन्द्रनगर नगरपालिका-११ बस्ने २२ वर्षीय मदन वादीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बबई र प्रदेश प्रहरी व्युरोबाट खटिएको प्रहरीले भे. १ ख ४११४ नम्बरको गाडीलाई जाँच गर्दा गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

सुनसरी, हरिनगर गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब १६ किलोसहित सोही गाउँपालिका-६ बस्ने २२ वर्षीय हफरोज मिया समेत ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले को.२ ह ६३६७ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-४ बसपार्कस्थित सुदुर पश्चिम गेष्ट हाउसबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३४ ग्राम १ मिलिग्राम र नगद ८ हजार भारतीय रूपैयाँसहित सोही नगरपालिका-१५ बस्ने ३० वर्षीय भुवन साहुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कपिलवस्तु, बाणगंगा नगरपालिका-२ राजपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय ९० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३४ वर्षीय देव कुमार थापालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापा, मेचिनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित मोरङ उर्लाबारी नगरपालिका-२ सुनझोडा बस्ने २० वर्षीय पवन भट्टराईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-४ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ मिलिग्रामसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-५ बस्ने २२ वर्षीय जीवन चौधरी र धनगढी उपमहानगरपालिका-१३ बस्ने २५ वर्षीय सचिन राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.४ प ६०९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँके, खजुरा गाउँपालिका-२ सत्ताईसधुरी बस्ने २३ वर्षीय राकेश परियारलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्