वाइडबडी जहाज खरिद प्रकरणमा १ अर्ब ४७ करोड रूपैयाँ भ्रष्टाचार

चैत्र २२- काठमाडौं, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै मुद्दा दायर गरेको छ ।

विहिबार अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका तत्कालिन महाप्रबन्धक सुगत कंसाकर, पूर्व पर्यटन सचिव शंकर अधिकारीलगायत ३२ जना विरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको हो ।

वाइडबडी जहाज खरिद प्रकरणमा १ अर्ब ४७ करोड रूपैयाँ भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्