श्रीमान श्रीमति बिच चक्कु हानाहान, दुबैको अवस्था गम्भीर

चैत्र १९- बाँके, बाँकेको खजुरामा श्रीमान र श्रीमतीबीच हानाहान हुँदा दुवै जना गम्भीर घाइते भएका छन् ।
खजुरा गाउँपालिका वडा नं. ३, बीगाउँका महेन्द्र रावल र श्रीमती रितासिंह ठकुरीका बीचमा घरकै कोठामा हानाहान हुँदा दुवै जना गम्भीर घाइते भएका छन् । उनीहरु कोठाभित्र चुक्कुल लगाएर हानाहान गरेका थिए ।
हानाहानमा धारिलो हतियार मासु काट्ने दाउ पनि प्रयोग भएको पाइएको छ । धारिलो हतियारले श्रीमतीको घाटीमा काटेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले श्रीमान र श्रीमती कोठामा झगडा गरेको सूचना पाएपछि प्रहरी पुगेर ढोका फोरेर हेर्दा दुवै जना बेहोस अवस्थामा रहेकाले उपचारका लागि नेपालगञ्ज ल्याइएको जानकारी दिनुभयो ।
दुवै जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया दिनुहोस्