चैत्र १८- खोटाङ, बराहपोखरीको भिरगाउँस्थित रुम्दुबाट रसुवाघाटतर्फ खयरको काठ लिएर गइरहेको मे १ त ८५९७ नम्बरको ट्याक्टर शनिबार सााझ साढे पाँच बजे दुर्घटना हुँदा चालक झापा बुद्धशान्ति नगरपालिका–४ शान्तिनगरका २८ वर्षीय अमृत लिम्बुको मृत्यु भएको हो ।
ट्याक्टर सडकभन्दा करिब सात सय मिटर तल खसेको थियो । लिम्बुको शव सडकदेखि करिब पाँच सय मिटर तल भिरमा फेला परेको प्रहरीले जनाएको छ । ट्याक्टरमा सवार बराहपोखरीका २४ वर्षीय मुकेश मगर घाइते भएका छन् । उनको टाउको र शरीरका विभिन्न ठाउँमा चोट लागेको छ ।
प्रतिक्रिया दिनुहोस्