त्रिशुली नदीमा यात्रुवाहक ट्याक्सी खस्दा ५ जनाको मृत्यु

चैत्र १७- काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो।

मृत्यु हुनेमा एक बालिका, २ पुरूष र २ महिला छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ।

मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको डिएसपी भण्डारीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्