दक्षिण अफ्रिकामा बस दुर्घटनाहुँदा ४५ जनाको मृत्यु

चैत्र १६- अफ्रिका, दक्षिण अफ्रिकामा बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको बस बिहीबार अनियन्त्रित भएर दुर्घटनाहुँदा ४५ जनाको ज्यान गएको छ ।

बस पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खाल्डोमा खसेको छ । तल खसेको बसमा त्यसपछि आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

दुर्घटनामा घाइते एक बालिकाको भने जीवितै उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्