बिहान ५ बजे सवारी दुर्घटना हुँदा ८ जना घाइते

काठमाडौं, चितवनको रामनगरमा आज बिहान ५ बजेतिर सवारी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।

रामनगर अगाडी चेकिङको लागि रोकी राखेको बसमा तिब्र गतिमा रहेको माइक्रो बस ठोक्किएको हो ।

दुर्घटनामा माइक्रोबसमा सवार यात्रु घाइते भएका छन। दुर्घटनामा पर्ने अधिकांस भरतपुरका स्थानीय छन् ।

 

उनीहरु काठमाडौं आउदै थिए । घाइते मध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भई रहेको छ ।

प्रतिक्रिया दिनुहोस्