चैत १४ -काठमाडौं, बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी सुनसरी इटहरी नगरपालिका-५ घर भई ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटो बस्ने ३६ वर्षीया आशा चौधरी लिम्बुलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
उच्च अदालत पाटन ललितपुरबाट २०७६ माघ ७ गते बैंकिङ कसुर मुद्दामा २ दिन कैद, ३ लाख रूपैयाँ बिगो बमोजिम जरीवाना र क्षतिपुर्ती बापत पिडीत राहत कोषमा १२ हजार रूपैयाँ जम्मा गराउने फैसला भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर सातदोबाटोबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुर लगनखेल पठाइएको छ ।
प्रतिक्रिया दिनुहोस्