चैत्र १४- पाकिस्तान, मंगलबार भएको पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादी हमलामा पाँच चिनियाँ र एक पाकिस्तानी नागरिकसहित पाँच जनाको मृत्यु भएको छ ।
प्रान्तमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको दासु जलविद्युत् आयोजनाको गाडीमा आतङ्ककारीले आक्रमण गरेको दूतावासले जनाएको छ । यो घटना खैबर पख्तुनख्वा प्रान्तको साङ्ला क्षेत्रमा भएको हो । घटना दिउँसो १ बजे भएको थियो ।
घटनाको अनुसन्धानका लागि इलाकालाई घेराबन्दी गरिएको छ । घाइतेलाई अस्पताल लगिएको छ ।
दूतावासले पाकिस्तानमा रहेका चिनियाँ नागरिक, संस्था र आयोजनाको सुरक्षाका लागि व्यावहारिक र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिँदै यस्ता घटना दोहोरिन नदिन पाकिस्तानी पक्षले ध्यानाकर्षण गराएको छ ।
आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मा लिएको छैन । यस घटनाको देशका राष्ट्रपति आसिफ अली जर्दारीले पनि निन्दा गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्