छुरा प्रहार गर्ने ५ जना पक्राउ

चैत्र १४- झापा, मंगलबार साँझ भएको छुरा प्रहारबाट बिर्तामोड-१ बस्ने सुनिराम मुर्मु गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

छुरा प्रहारबाट उनको बाँया हातको कुममा र ढाडको माथिपट्टि गर्धनको भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनको बिर्तामोडमा रहेको स्पाइनेक्स अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ।

पक्राउ पर्नेहरूमा बिर्तामोड १ बस्ने २३ बर्षका राम टुडु, २९ बर्षका सुसान मुर्मु, बिर्तामोड ६ बस्ने १९ वर्षकी एलिना श्रेष्ठ, अर्जुनधारा ११ बस्ने ३० वर्षका सरोज सहनी र कनकाई १ बस्ने २३ वर्षका मनोज विक रहेका जिल्ला प्रहरी कार्यालय, झापाले जानकारी दिएको छ।

छुरा प्रहार घटनामा संलग्न ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्