चैत्र १३- बाँके, कोहलपुर नगरपालिका-१२ ज्ञानजोती टोलबाट नक्कली जस्तो देखिने ५ सय दरको ३ थान नोटसहित सोही ठाउँ बस्ने २२ वर्षीय बिश्वास अधिकारीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित किराना पसलमा अधिकारीले सामान किन्ने क्रममा उक्त नक्कली नोट दिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त नोटसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्