सुर्खेतबाट अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

चैत्र १३- सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ डेरा गरी बस्ने बराहताल गाउँपालिका-१ घर भएका १९ वर्षीय रबिन्द्र सलामीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ८० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो सुर्खेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्