श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

चैत्र १३- बाँके, आफ्नै श्रीमती २१ वर्षीया शुशिला सुनारको हत्या गरेको अभियोगमा कोहलपुर नगरपालिका-१४ पार्बतीपुरस्थित होम पाईप कम्पनीमा काम गरी बस्ने बर्दिया बाँसगडी नगरपालिका-४ घर भएका २२ वर्षीय अनिल विकलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

विकले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी सुनारको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्