दाङमा बस र मोटरसाइकल ठोक्कीदा दुई जनाको मृत्यु

चैत ११ .घोराही, दाङमा बस र मोटरसाइकल एक आपसमा ठोक्कीदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

एक जनाको घटनास्थलमा र अर्का एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । राजपुर गाउँपालिका– ५ जंग्रहवा र नौसराबिचमा रहेको कोरिया खोला पुल नजिकै शनिवार राती रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा राजपुर गाउँपालिका–५ नौसहरा निवासी २४ वर्षीय प्रमोद यादवको घटनास्थलमा र सोही ठाउँ निवासी २४ वर्षीय प्रदिप यादवको लमही अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागी बुटवल लैजाने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर घटना बारेमा थप अनुसन्धान गरिरहेको मल्लले जानकारी दिनुभएको छ ।

-गोरखापत्र

प्रतिक्रिया दिनुहोस्