१७ बर्षिय युवा खेलाडी जस्का कारणले हार्याे इङल्याण्ड

चैत्र ११- काठमाडौं,  गएराती सम्पन्न खेलमा ब्राजिलले १७ बर्षिय युवा खेलाडी एनड्रीकको गोलमा जित हासिल गरेको हो ।मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले इङल्याण्डलाई १(० गोल अन्तरले पराजित गरेको छ ।

१७ बर्षिय एनड्रीकले खेलको ८०औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । एनड्रीकले ब्राजिलका लागि तेस्रो खेलमा पहिलो गोल गरेका थिए । उनलाई ब्राजिलको नयाँ सुपरस्टार खेलाडीको रुपमा हेरिएको छ । व्यावसायिक रुपमा उनले स्पेनिस क्लब रियल म्याड्रिडसँग सम्झौता गरिसकेका छन् र उनी आगामी जुलाईदेखि रियल म्याड्रिडमा आवद्ध हुने छन् ।

हाल अन्तर्राष्ट्रिय ब्रेक अन्तर्गत अब ब्राजिलले मार्च २७ मा स्पेनसँग खेल्ने तालिका रहेको छ । त्यस्तै इङल्याण्डले भने अर्को खेल मार्च २७ मै बेल्जियमसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्