आज होली(फागु पूर्णिमा)

चैत्र ११-काठमाडौं, फागु पूर्णिमा (पहाडी जिल्ला) होली हे नेपाली जनको प्रिय । अनि विशिष्ट रङ्गिन पर्व, होलीको शुभकामना । फागु, होली, फागु पूर्णे अनेक नामले यो पर्व चिनिन्छ । मिल्ने भए तपाईँको मोबाइल स्क्रिनबाटै पिचिच्च पारेर हामी नेपालको चिसो अनि निर्मल पानी छ्यापी दिने थियौँ । आनन्द अनि उत्साहको यो वसन्त क्रृतुको चाडमा आफ्ना लागि केही समय निकाल्नुहोला । अनि आफन्तजनसँग भेट्नु होला या सन्देश अनि फोन गर्नुहोला । जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ अनि जुनसुकै अवस्थामा हुनुहुन्छ, होलीको रङ्गले अनि उत्साहले तपाईँलाई छोओस् । अनि छुनै पर्छ पनि । होलिकाबारे नेपाल अनि भारतमा विभिन्न कालखण्डमा धेरै कालजयी कृतिहरू अनि गीतहरू रचना गरिएका छन् । परापूर्व कालदेखि चलिआएको यो पावन पर्वको कृपाले हामी सबैका श्यामस्वेत सपनाहरूले रङ्ग पाउन्, उमङ्ग पाउन् अनि नयाँ ढङ्ग पाउन् ।

किन तराइ र पहाडको होली फरक फरक दिन हुन्छ ?
मिथिला परिक्रमा अन्तर्गत भक्तजनहरू पूर्णिमाको दिन नै परिक्रमा सकेर जनकपुर आइपुग्ने भएकाले आज विश्राम गरिने र तराईको होली चाहिँ भोलि हुने परम्परा बसेको हो । यस कारण पहाडको होली पूर्णिमा कै दिन र तराइको होली भोलिपल्ट गरिन्छ । आज पहाडको होली हो ।

 

-हाम्रो पात्रो

प्रतिक्रिया दिनुहोस्