हुम्लामा जिप दुर्घटना, दुई जनाको मृत्यु

चैत्र १०- हुम्ला, हुम्लाको अदानचुली गाउँपालिका(४ मा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ।

सु प ०१००१ नम्बरको गाडी आज दिउँसो पाम्सको मोडमा दुर्घटना भएको हो। उनका अनुसार मृतक र घाइतेको उद्धार भइरहेको छ। दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ।

दुर्घटनामा पर्ने सवारी स्थानीय धनमल महताराको रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्