चैत्र १०- तनहुँ, म्याग्दे गाउँपालिका ६ शेराटारमा शनिबार बिहान पर्यटक बस दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका छन् ।
पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस सडकको दायाँ साईडमा पल्टिँदा सवार २६ जना यात्रुहरुमध्ये ६ जना चिनियाँ पर्यटक घाइते भएको जिल्लाका प्रहरी कार्यालयले बताएको छ । घाइतेहरुको हाल जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा उपचार भइरहेको छ ।
चालकलाई नियन्त्रणमा लिई दुर्घटना सम्बधमा थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्