सेनाको गाडी र मोटरसाइकल ठोक्किदा २ जना घाइते

चैत्र १०- कैलाली,  कैलालीमा सेनाको गाडी र मोटरसाइकल ठोक्किदा दुर्घटना भएको छ।

शुक्रवार साँझ गोदावरी नगरपालिका–२ को राष्ट्रिय वाणिज्य बैंक नजिकै गोदावरीतर्फ जादै गरेको बा६८प ५९८४ नम्बरको मोटरसाइकल र तेघरी ब्यारेकको बा९च ५७३६ नम्बरको गाडी ठेकिएर दुर्घटना भएको हो।

दुर्घटना हुँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका–९ बस्ने २० वर्षीय नविन चौधरी र पछाडि सवार जानकी गाउँपालिका–४ बस्ने २४ वर्षीय कृष्ण डगौरा घाइते भएका छन्। उनीहरूको अत्तरियाको पद्मा अस्पतालमा उपचार भइरहेको छ।

उनीहरुले मादक पदार्थ सेवन गरेको र एउटै मोटरसाईकलमा ४ जना सवार रहेको प्रहरीले बताएको छ। सेनाको जिप र चालक लेस नायक दमनबहादुर सिंहलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्