माटोभित्र खिया लागेको अवस्थामा भरुवा बन्दुक फेला

चैत्र १०- कञ्चनपुर, कञ्चनपुरमा भरुवा बन्दुक फेला परेको छ।

भीमदत्त नगरपालिका–१५ गोबरिया राधाकृष्ण टोल स्थित फोहर नाला खन्ने क्रममा शुक्रवार दिउँसो माटोभित्र खिया लागेको अवस्थामा भरुवा बन्दुक थान १ फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट आवश्यक अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्