चट्याङ लागेर बझाङमा एकै परिवारका ७ घाइते, एक जनाको मृत्यु

चैत्र १०- बझाङ, बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्।

 

जयपृथ्वी नगरपालिका वडा नम्बर-६ नौरामा शुक्रवार राति साढे ९ बजेको समयमा घरमा चट्याङ लाग्दा एकै परिवारका ७ जना घाइते भएका हुन्। एक जनाको भने मृत्यु भएको छ।

 

मृत्यु हुनेमा ५२ वर्षीय गजेन्द्र बहादुर सिंह रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले बताए। घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धिरेन्द्रबहादुर सिंह, उनको श्रीमती २५ वर्षीया निशा सिंह, छोरी १८ महिनाको कृतिका सिंह रहेका छन्।

 

घाइतेहरु मध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। मृतकको शव पनि जिल्ला अस्पताल सिमखेत लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ। अन्य घाइतेको अवस्था सामान्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्