एकैदिन अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ

चैत्र ९-सुनसरी, ईटहरी उपमहानगरपालिका-१ पिपल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २४० मिलिग्राम र नगद ८ हजार ५ सय रूपैयाँसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-२ बस्ने पवन ढकाल र उनकै भाइ प्रबिन ढकाल रहेका छन् । अस्थायी प्रहरी चौकी हलगडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-६ बैशाखाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६७ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका-३ पर्सिया बस्ने २१ वर्षीय मनोज राना र कैलाली धनगढी उपमहानगरपालिका-७ मनिहरा बस्ने २७ वर्षीय राम औतार राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले से.७ प ६३२८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कैलाली, धनगढी उपमहानगरपालिका-३ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित कञ्चनपुर पुनर्वास नगरपालिका-८ बस्ने २३ वर्षीय सन्दिप खड्कालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, सुनवर्षी नगरपालिका-१ र २ को सिमाना गृदलियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ८० मिलिग्रामसहित पथरीशनिश्चरे नगरपालिका-१ बिशाल चोक बस्ने ३० वर्षीय युवराज लिम्बुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरीले अमरदहबाट पथरीतर्फ जाँदै गरेको को.३४ प ३७०५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक लिम्बुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

झापा, कन्काई नगरपालिका-९ बस्ने २२ वर्षीय पवन चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्रामसहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी झापा, मेचिनगर नगरपालिका-६ मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १२ ग्राम ८ सय मिलिग्रामसहित उदयपुर कटारी नगरपालिका-५ बस्ने २५ वर्षीय खगेन्द्र तामाङलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको   छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय यादव राई र सोही नगरपालिका-८ बस्ने २६ वर्षीय मनोज वोहोरा रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्