करिब १२ किलो चरेशसहित २ जना पक्राउ

चैत्र ९- पर्सा, वीरगंज महानगरपालिका-८ घण्टाघरस्थित नारायणी गेष्ट हाउसबाट अवैध लागूऔषध चरेश करिब १२ किलो २ सय ४० ग्रामसहित भारत बिमान थाना जमुवजारी ग्राम डुमरा बस्ने २२ वर्षीय आरिफ रजा समेत २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरीले उक्त गेष्ट हाउस तलासी गर्दा उक्त चरेश  फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्