स्कुटर सिकाउने बहानामा प्रेमिकाको हत्या

चैत्र ९- धरान, धरान १८ स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र डिपोट स्कुलबिचमा रहेको एकान्त खोल्सामा मृत फेला परेकी सुमनाको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले शुक्रबार पत्रकार सम्मेलन गरी घटनाका अभियुक्त भनिएका श्रेष्ठको प्रेमीसमेत रहेका बाबुराम भुजेललाई सार्वजनिक गरेको हो ।

 

२ वर्षदेखि फेसबुक मार्फत प्रेम सम्बन्ध भएको बाबुरामले बताएका छन् । गत पुसमा भने सुमना श्रेष्ठले ग्लोबलोरिन्स धरानमा काम गर्न थालेपछि भने सोही कम्पनीमा काम गर्ने अर्का व्यक्तिसँग उनी नजिकिएकी थिइन् । सोही कुरा थाहा पाएका बाबुराम भुजेल र सुमनाबिच विवाद भएको थियो ।

प्रेममा खटपट पछि चैत ६ गते सुमनालाई भेट्न बाबुराम धरान आएका थिए । साँझदेखि नै भेटघाट गरी भुजेलले आफ्नो स्कुटरमा सुमनालाई राखी स्कुटर चलाउन सिकाउँदै रातको ९ बजेको समयमा हत्या भएको स्थानमा दुवैजना पुगेको प्रहरीले बताएको छ ।

घटनाको अनुसन्धानपछि प्रहरीले खोजी गर्ने क्रममा भुजेललाई धनकुटा नगरपालिका ९ मुलघाटमा लुकेर बसेको अवस्थामा बिहीबार फेला पारेको जिल्ला प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्