आईएसको आत्मघाती बम विस्फोटबाट २१ जनाको मृत्यु

चैत्र ९-काबुल,  अफगानिस्तानको कान्दाहारमा आईएसले आत्मघाती बम विस्फोट भएको छ।

तालिबान सरकारले कान्दाहारको एक बैंकमा बिहीबार आत्मघाती बम बिस्फोट भएको जनाएको छ। विस्फोटको जिम्मा इस्लामिक स्टेट ९आईएस०ले लिएको छ। आईएसले तालिबानलाई लक्षित गरी विस्फोट गराएको बताएको छ।

सरकारी कर्मचारी लाइनमा उभिरहेको बेला विस्फोट भएको थियो। विष्फोटमा परी कम्तीमा २१ जनाले ज्यान गुमाएको बीबीसीले जनाएको छ।

विस्फोटमा ५० जना भन्दा बढी घाइते भएका छन्। घाइतेहरूको कान्दाहारस्थित मिरवाइस अस्पतालमा उपचार भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्