देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ५ जना पक्राउ

चैत्र ८-मोरङ, पथरिशनिश्चरे नगरपालिका-२ छयालिस बिघेबाट अवैध लागूऔषध गाँजा करिब ६ किलोसहित धनकुटा साँघुरीगढी नगरपालिका-३ बस्ने ४२ वर्षीय प्रेम कुमार याखालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध नाईट्राभेट १ हजार २ सय ट्याब्लेटसहित धनुषा शहिदनगर नगरपालिका-३ बस्ने २० वर्षीय सन्तोष कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६६९४ नम्बरको हाईसलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलाली, गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित सार्थक होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित दाङ घोराही उपमहानगरपालिका-११ दुम्मर बस्ने २४ वर्षीया शिखा डागीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले होटल तलासी गर्ने क्रममा शिखालाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

 

कञ्चनपुर, बेलौरी नगरपालिका-४ शन्तिपुरबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ९२ ग्राम ७१ मिलिग्रामसहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४८ वर्षीया प्रेम सागर कुमारी राना र २२ वर्षीया सिर्जना राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले प्रेम सागर कुमारीको घरको आगनबाट उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्