चैत्र ८-मकवानपुरको हेटौँडा उपमहानगरपालिका-३ घर भएका ४३ वर्षीय तोङश्री बहादुर गोलेको उपचारको क्रममा मृत्यु भएको हो। घटना नवलपुरमा भएको हो । बस र ट्रक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका ट्रक चालकको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका गोलेलाई उपचारको लागि राति नै वीरगन्ज लगिएको थियो। राति १० बजेतिर वीरगन्जस्थित नारायण अस्पतालमा उनको मृत्यु भएको डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।
दुर्घटनामा बसमा सवार १० यात्रु घाइते भएका थिए। घाइतेमध्ये ८ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किएका छन्।
जनकपुरबाट वीरगन्जतर्फ जाँदै गरेको बा ४ ख ३२४ नम्बरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख ४३३ नम्बरको ट्रक आपसमा ठोक्किएका हुन्।
सिन्धुलीका २५ वर्षीय जीवनप्रसाद गौतम र महोत्तरी बर्दिबासकी अम्बिका कार्कीको भने नवलपुरमा रहेको वीएण्डआर अस्पतालमा उपचार भइरहेको डीएसपी पञ्जियारले बताए।
दुर्घटनापछि बसका चालकलाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस्