घर जाने क्रममा एक जनाको मृत्यु

चैत्र ८- धादिङ, काठमाडौंबाट सुनसरी घर जाने क्रममा बसमा एक जनाको मृत्यु भएको छ।

राति साढे ८ बजे बा।प्र।०१(००६ ख ५१७४ नम्बरको बसमा काठमाडौंबाट सुनसरीस्थित घर जाने क्रममा महादेवबेशीमा आइपुग्दा काफ्लेको श्वासप्रश्वासमा एक्कासी समस्या देखिएपछि सोही स्थानको स्थानीय मेडिकलमा जाँच गराइएको थियो।

 

जाँचपछि सोही बसमा जाँदै गरेको अवस्थामा गजुरी गाउँपालिका(२ मलेखु पुग्दा झनै स्वास्थ्यमा समस्या देखिएपछि मलेखु स्थित टिचिङ अस्पतालमा उपचारको लागि लगिएको थियो।

उपचारकै क्रममा बराह नगरपालिका(८ का ३७ वर्षीय बिपिन काफ्लेलाई डाक्टरले मृत घोषणा गरेको र शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ। मृतकको साथमा निजको ज्वाईं प्रदिप खत्री छन्।

प्रतिक्रिया दिनुहोस्