पत्नीको हत्यापछि आफुले पनि त्यही दाउले घाँटी रेटेर आत्महत्या

चैत्र ७- मोरङ,  मोरङको बेलबारीमा एक व्यक्तिले पत्नीको हत्या गरेपछि आत्महत्या गरेका छन्। बमबहादुरले बुधबार बिहानका पौने दुई बजेतिर धारिलो हतियार दाउले प्रहार गरेर पत्नी गीताको हत्या गरेका थिए।

 

टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेकी गीताको घटनास्थलमै मृत्यु भएको थियो।
बेलबारी वडा नम्बर १ का ६० वर्षीय बमबहादुर लिम्बूले ४५ वर्षीया पत्नी गीता लिम्बूको हत्या गरेपछि आत्महत्या गरेका हुन्।

 

पत्नीको हत्या गरेपछि बमबहादुरले पनि त्यही दाउले घाँटी रेटेर आत्महत्या गरेको प्रहरीले बताएको छ।

घाँटी रेटेर गम्भीर घाइते अवस्थामा प्रहरीले उनलाई फेला पारेको थियो।
बमबहादुरले छोरामाथी पनि हतियार प्रहारको प्रयास गरेकोमा उनले भागेर ज्यान जोगाएका थिए।

विराटनगरको नोबेल अस्पताल उपचारका क्रममा उनको मृत्यु भएको हो। प्रहरीका अनुसार दोस्रो बिहे गरेका बमबहादुर र गीताका ८ वर्षीय छोरा छन्।

 

प्रतिक्रिया दिनुहोस्