हत्या गरी फरार रहेका अभियुक्त २१ वर्षपछि पक्राउ

चैत्र ६ – काठमाडौं, हत्या गरी फरार रहेका सोलुखुम्बु नेचा सल्यान गाउँपालिका-४ घर भएका ४१ वर्षीय तिखे भन्ने तेज बहादुर राईलाई वारदात घटनाको २१ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका-१९ मरुढोका ईनाटोलस्थित बधशालाभित्र सोही ठाउँ बस्ने २६ वर्षीय संजय शाहीलाई २०५९ असोज १४ गते तेज बहादुर समेतले फलामको रड प्रहार गरी हत्या पश्चात विष्णुमती खोला किनारमा फाली फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न राईलाई काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत काठमाडौंमा बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्