हत्यामा संलग्न रहेको अभियोगमा पक्राउ

चैत्र ६ – काठमाडौं, ललितपुर ईमाडोल गाविस-२ घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको घटनामा संलग्न धादिङ गंगा जमुना गाउँपालिका-७ घर भई ललितपुर, ललितपुर महानगरपालिका-२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) भन्ने सोभिता थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका-२२ शंखमुलस्थित २०६४ असार २६ गते विष्टलाई सोभिता थापाको योजनामा निजको सहोदर भाई विनोद थापा सहित तीन जनाको समुहले कुटपिट गरी सख्त घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटना पश्चात फरार रहेकी सोभितालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ढोलाहिटीबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत ललितपुर बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्