धनगढीका मेयरलाई धम्की दिने युवकले कार्यालयमै गएर विष खाए

चैत्र ६ – धनगढी,  धनगढी उपमहानगरपालिका प्रमुख गोपाल हमाललाई धम्की दिएको भनिएका एक युवकले उपमहानगरपालिका कार्यालय परिसर मै विष सेवन गरेका छन् ।

धनगढी उपमहानगरपालिका–५ मट्यारीका गणेश रानाले मंगलबार बिहान करिब १० बजे कार्यालय परिसरभित्रै विष सेवन गरेको प्रत्यक्षदर्शीले बताए ।

उनको अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको छ । प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था स्थिर छ ।

सेवाग्राहीहरूसँगै कार्यालय आइपुगेका उनि एकछिनपछि खल्तीबाट केही निकालेर खाए छन् । नजिक रहेका केहीले उनले फालेको बिर्को हेरेपछि विष खाएको पाइयो,  उनलाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्यायो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले मेयर (गोपाल हमाल) ले हिजो सोमबार आफूलाई गणेशले ह्वाट्सएपबाट धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएको र प्रशासनले प्रहरीलाई आवश्यक कारबाहीका लागि सो उजुरी पठाएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्