धरौटीमा छुटेका एक व्यक्ति छुटेको दुई दिनमै फेरी पक्राउ

चैत्र ४-सल्यान,  बहुविवाहको आरोपमा जेल सजाय भोगेर धरौटीमा छुटेका एक व्यक्ति छुटेको दुई दिनमै बैंकिङ कसुर मुद्धामा (बाउन्स चेक) पक्राउ परेका छन् ।

 

प्रहरीले कुमाख गाउँपालिका-१ का वर्ष ३२ का वीरेन्द्रकुमार चन्दलाई पक्राउ गरेको हो ।

 

चन्दले ७ लाख ६ हजारको बाउन्स चेक दिएको भन्दै बाग्चौर नगरपालिका(१ बस्ने वर्ष ३० की सीता विकले २०८० जेठ १७ गते जिल्ला अदालत सल्यानमा मुद्धा दर्ता गरेकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्