होंसी सिमेन्टको चुनढुंगा ल्याउँदै गरेको टिपर पल्टिँदा चालकको मृत्यु

चैत्र ४- पूर्वी नवलपरासी,  होंसी सिमेन्टको चुनढुंगा ल्याउँदै गरेको टिपर पल्टिँदा चालकको मृत्यु भएको छ ।

बिनयी त्रिवेणी गाउँपालिका ३ सालघारीमा आइतबार दिउँस लु १ क ५२८१ नम्बरको टिपर पल्टिँदा चालक बलिराम महतोको मृत्यु भएको हो ।

टिपरमा च्यापिएका चालक महतोलाई निकाल्न ढिलाइ भएका कारण उनको मृत्यु भएको स्थानीयले बताए ।

टिपर सडकदेखि करिब ४० मिटर तल खसेको थियो ।

घटनास्थल महेन्द्र राजमार्गको दुम्कीवास बजारबाट २० किलोमिटर उत्तरमा पर्दछ ।

प्रतिक्रिया दिनुहोस्