नागरिक उन्मुक्तिले गर्‍यो विश्वासको मत दिने निर्णय

चैत्र ४- नागरिक उन्मुक्ति पार्टील सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारलाई विश्वासको मत दिन निर्णय गरेको छ।

आइतवार बसेको प्रदेशसभा संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएकाे समर्थन कायमै राख्ने निर्णय गरेका हो

प्रदेश सभा, संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रदेश सभा सदस्य कैलाश चाैधरी र टीका थापा भने सहभागी थिएनन्।कैलाश चौधरी र टीका थापा बाहेक सरकारमा सहभागी पाँच जना सदस्यहरूको बैठकमा उपस्थिति रहेको थियो।

बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै आर्थिक मामिला मन्त्री समेत रहेका घनश्याम चाैधरीले अहिलेकाे सरकारलाई नै समर्थन कायम राख्ने र चाँडै मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासकाे मत लिने बताए। उनले यो हप्ता भित्रै सरकारले विश्वासको मत लिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्