अज्ञात गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चैत ४- महोत्तरी, महोत्तरी जिल्लाको रामगोपालपुरमा शनिवार राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

रामगोपालपुर नगरपालिकाको वडा नं. ३ दोलाठीमा शनिवार राति ८ बजे जलेश्वर बर्दिबास सडक खण्डमा नम्बर नखुलेको चार पाङ्ग्रे गाडीको ठक्करबाट मोटरसाइकल चालक रामगोपालपुर ८ बिर्ता बस्ने अमित कुमार मण्डलको मृत्यु भएको हो । त्यसै गरी मोटरसाइकलमै सवार सोही ठाउँका अजय मण्डल सिकिस्त घाइते छन् । उनलाई थप उपचारको लागि जनकपुर पठाइएको जनाइएको छ ।

 

नम्बर नखुलेको चार पाङ्ग्रे गाडीले प्र २–०२–००३प २३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

दुर्घटनामा घाइते दुवैलाई उपचारको लागि प्रादेशिक अस्पताल जलेश्वर पुराइएकोमा प्रहरीले अमितलाई मृत घोषित गरेका थिए । जिल्ला प्रहरी कार्यालयले ठक्कर दिएर फरार रहेका चार पाङ्ग्रे गाडीको खोजतलास सुरु गरिएको जनाएको छ ।

-गोरखापत्र

प्रतिक्रिया दिनुहोस्