लेक लागेर एकजना भारतीय नागरिकको मृत्यु

चैत्र ४- मुस्ताङ, मुस्ताङमा लेक लागेर एकजना भारतीय नागरिकको मृत्यु भएको छ । हैदराबाद घर भएका ८३ वर्षीय बि नारायणको मृत्यु भएको हो ।

मुक्तिनाथ दर्शन गरेर जोमसोममा बास बस्ने क्रममा एक्कासि उनलाई श्वासप्रश्वासको समस्या भएको थियो । उनी ४१ जनाको टोली सहित मुस्ताङ पुगेका थिए ।

समस्या भएपछि जिल्ला अस्पताल लगिएको र उपचारकै क्रममा मृत्यु भएको मुस्ताङ प्रहरी प्रमुखले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्