एक पुरुष मृत अवस्थामा फेला

 चैत्र ४- डोटी,  डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको आदर्श गाउँपालिका ५ गोग्नाडी पतना बस्ने अन्दाजी ३८ वर्षीय लक्ष्मण भट्टराई शनिवार दिउँसो सोही वडाको नौलाखोला भन्ने स्थानमा मृत फेला परेका हुन्।

उनी सडकबाट अन्दाजी ५०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय डोटीबाट आवश्यक अनुसन्धान भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्