चैत्र ३- सुन्दरहरैचा, विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २२ वर्षीया चन्द्रिकाकुमारी दासको शौचालयमा शव फेला परेको हो ।
धारिलो हतियार प्रहार गरेर हत्या गरेपछि शौचालयमा फालेको अवस्थामा शव भेटिएको मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।
डेरा बसेको घरको कोठाभित्रको शौचालयमा शव भेटिएको एसपीले बताए।
सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पताल नजिक बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा धारिलो हतियारले हानेको गहिरो चोट रहेको मोरङ प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्