नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ घटायो

चैत्र ३-काठमाडौं,  भारतबाट नयाँ मूल्यसूची आएपछि नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा १-१ रुपैयाँ घटाएको हो।

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य १७१ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५८ रुपैयाँ कायम भएको छ। खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

प्रतिक्रिया दिनुहोस्