शुपतिको जंगलमा एक किशोरीको शव फेला

चैत्र २- काठमाडौं, काठमाडौं पशुपतिको जंगलमा एक किशोरीको शव फेला परेको छ । गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
मर्निङवाक गर्न जानेहरु देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धानमा किशोरीले आत्महत्या गरेको हुनसक्ने देखिएको डिएसपी थेवेले बताए ।
सिन्धुली घर भई हाल बालुवाखानी, कपन बस्दै उनी केही दिनदेअि सम्पर्कविहीन रहेको बताइएको छ । थापा भक्तपुर आफन्तकोमा जान्छु भनेर घरबाट निस्केकी थिइन् । उनको आफन्तले उनी हराएको भन्दै खोजी गरिदिन सामाजिक सञ्जालमा अपिल गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्