भरुवा बन्दुकसहित कञ्चनपुरबाट एक जना पक्राउ

चैत्र २- कञ्चनपुर,  कञ्चनपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–४ वेलकुण्डीबाट बन्दुकसहित ४४ वर्षीय मोहन राना पक्राउ परेका हुन्।

इलाका प्रहरी, झलारीको टोलीले रानालाई बिहिवार साँझ घरबाटै पक्राउ गरेको हो। रानाको घरमा प्रहरीले तलासी गरेको थियो। घरमा लुकाएको बन्दुकसहित रानालाई पक्राउ गरिएको नेपाल प्रहरीले बताएको छ। उक्त घटनाको विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्