स्वास्थ्य बीमा बोर्डमा १४३ जना अधिकारी पदमा दरखास्त आह्वान

चैत्र २- काठमाडौं,  स्वास्थ्य बीमा बोर्डले १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको छ । विभिन्न जिल्ला कार्यालयमा रिक्त दरबन्दी पूर्तिका लागि बोर्डले करारमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले आजको मितिदेखि १५ दिनभित्र आवेदन पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्