लिभिङ टुगेदरलाई कानूनी मान्यता दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता

चैत्र १- काठमाडौं,  लिभिङ टुगेदरलाई कानूनी मान्यता दिनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ

लिभिङ टुगेदरलाई वैधानिकता दिन कानून बनाउनु पर्ने, लिभिङ टुगेदरबाट उत्पन्न समस्यालाई समाधान गर्नुपर्ने मागसहित रिट निवेदन दर्ता भएको हो ।

अधिवक्ता अनु भट्टराईले दर्ता गराएको उक्त रिटको पेशी चैत ४ गते तोकिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता गोविन्द अधिकारीले जानकारी दिए ।

‘लिभिङ टुगेदरको स्पष्ट परिभाषा यससम्बन्धी व्यवस्थालाई वैधानिकता प्रदान गर्न समयसान्दर्भिक कानूनको निर्माणका लागि पहल, लिभिङ टुगेदरबाट उत्पन्न हुने समस्यालाई बेलैमा व्यवस्थापन गर्ने बलियो कानूनी आधारको निर्माण, सम्मानित सर्वोच्च अदालत नियमावली २०७४ को नियम ७३ बमोजिमको अग्राधिकारसहितको देश समेत गरी पाउन सम्मानित अदालत समक्ष यस रिट निवेदन पेश गर्दछु,’ रिटमा लेखिएको छ ।

nullnull

प्रतिक्रिया दिनुहोस्